14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

एमसीसीबारेको भ्रम चिर्न गाउँसम्म अभियान चलाउँदै कांँग्रेस

spot_img

काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना एमसीसीबारे जनतामा छरिएका भ्रम चिर्न अभियान चलाउने भएको छ।

‘घरघर जाऔँ, नेपाली कांँग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर कांग्रेसले एमसीसीबारे जनतामा छरिएका भ्रम बुँदागत रुपमा चिर्ने तयारी गरेको हो।

फागुन २९ गतेबाट सुरु हुन लागेको एक महिने अभियानका लागि कांँग्रेसले आठ वटा उद्देश्य तय गरेको छ।

आठौँ उद्देश्यमा भनिएको छ, करिबकरिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी कांँग्रेस नेतृत्वको वर्तमान सरकारले संसदबाट पारित गरेको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम बुँदागत रुपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने।’

अभियानका क्रममा कांँग्रेसले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधानको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा सरकारमा जानु परेको यथार्थ पनि जनता सामु राख्ने जनाएको छ।

अभियानका क्रममा तात्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने तयारी गरेको छ।

यस्तै कांग्रेसले आफ्नो नेतृत्वमा विगतमा हासिल गरेका राजनीतिक र आर्थिक उपलब्धीहरु पनि जनतासामु विस्तृत राख्ने केन्द्रीय प्रतिनिधिहरूलाई बाँडिएको पत्रमा उल्लेख छ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित अभियानका लागि कांँग्रेसले गरेर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाउने छ।

- Advertisement -

जिल्लाहरुमा खटिने प्रतिनिधिहरूलाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपा बोलाएका छन्।

जिल्ला–जिल्लामा खटिने पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अभियान प्रभावकारी बनाउनका लागि निर्देशन दिन सानेपा बोलाइएको कांग्रेसले जनाएको छ।

‘स्थानीय तहको चुनावलाई लक्षित गरेर हामी ‘घरघर जाऔँ, नेपाली कांँग्रेसलाई जिताऔँ’ अभियान सञ्चालन गर्दैछौँ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘त्यसका लागि ७७ जिल्लामा ७७ जना प्रतिनिधिहरु खटाउने तयारी छ। उहाँहरुलाई सभापतिज्यूले निर्देशन दिनुभएको छ।’

कांँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि जिल्ला खटिने केन्द्रीय सदस्यहरुलाई अभियान प्रभावकारी बनाउनका लागि निर्देशन दिन सानेपा बोलाइएको जानकारी दिए।

फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ ‘घर–घर जाऔँ, कांँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको थियो।

बैठकले देशव्यापी सञ्चालन हुने उक्त अभियानको समयावधि फागुन २० देखि चैत २० सम्मका लागि निर्धारण गरेको थियो। तर, अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनमा पार्टी केन्द्रित भएका कारण आवश्यक तयारी नपुगेको भन्दै अभियान पछि धकेलिएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img