10.7 C
Nepal
Saturday, December 3, 2022
spot_img
spot_img

एमसीसीले देखएको असन्तष्टिकाबीच माओवादी केन्द्र केन्द्रीय समितिको बैठक बस्दै

spot_img

काठमाडौ, संसदबाट अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनमा संलग्न भएपछि पार्टीभित्र तीव्र मतभेद भइरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) सुरु हुँदे छ।

एमसीसी अनुमोदन गर्नै नहुने अडान लिइरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समूह अध्यक्ष पुस्पकमल दाहालसँग असन्तुष्ट हुँदै पार्टी नै छाड्न लागेको भन्ने चर्चाबीच माओवादी केन्द्रको केन्द्रीय बैठक सुरु हुन लागेको हो।

सुरुमा एमसीसी अनुमोदनको विपक्षमा उभिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले अन्तिम समयमा ‘यु टर्न’ हुँदै एमसीसीका पक्षमा निर्णय गरेपछि नेता श्रेष्ठसहितको ठूलो पंक्ति असन्तुष्ट भएको छ।

असन्तुष्ट श्रेष्ठ पक्षले आज सुरु हुने केन्द्रीय समिति बैठकमा फरक दस्तावेज पेस गर्ने तयारी गरेको छ। बैठक राष्ट्रिय सभागृहमा बस्ने बताइएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img