13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

एमसीसी अनुमोदन नगरेको भए पार्टीको अस्तित्व समाप्त हुन्थ्यो : अध्यक्ष नेपालको प्रतिबेदन

spot_img

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबारदेखि सुरु हुँदैछ। बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्दैछन्।

सोमबार बसेको पार्टीको पोलिटब्यूरोको प्रथम बैठकमा उनले उक्त राजनीतिक प्रतिवेदन पेस गरेका छन्। एमसीसी जस्ताको त्यस्तै अनुमोदन गर्न नसकिने यसअघिको सचिवालयको बैठकको निर्णय भएको थियो।

तर, स्थायी कमिटीको बैठकबाट केही असहमती भए पनि एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गर्यो। त्यसो त पार्टीभित्र सम्मानित नेता झलनाथ खनालसहितका नेताहरुको फरक मत रह्यो।

बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन सोमबारको पोलिटब्यूरो बैठकमा प्रस्तुत भएको छ। त्यसमा नेताहरुले केही सुझावसमेत दिएका छन्। ती समेत समेटेर अध्यक्ष नेपालले केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।

अध्यक्ष नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा उनले एमसीसीलाई व्याख्यात्मक घोषणासहित किन अनुमोदन गर्नु पर्यो भन्ने विषयमा प्रष्ट पार्ने प्रयास गरेका छन्। ‘

उहाँले एमसीसीका बारेमा केन्द्रीय कमिटी बैठकमा पनि प्रष्ट पार्नुहुन्छ र आजको पोलिटब्यूरोमा पनि प्रष्ट पार्नुभयो,’एक सदस्यले भने।

राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्ने तयारी भएको बताएका छन्।

‘जस्ताको त्यस्तै अनुमोदन हुने अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाईसमेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे,’ उनले प्रतिवेदनमा भनेका छन्,‘हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं।

- Advertisement -

त्यसैक्रममा एमसीसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो। त्यस धारणामा हामी पनि आधारभूत रूपमा सहमत भयौं।’

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिक परिस्थिति अझै पनि तरल अवस्थामै रहेको प्रष्ट्याएका छन्। ‘मुलुक संविधानले निर्देश गरेको दिशामा स्थिर ढङ्गले अगाडि बढ्न सकेको छैन।

नेपाली राजनीतिक आकासमा अस्थिरताका काला बादल अझै पनि मडारिरहेका छन्,’उनले लेखेका छन्,‘प्रतिगमनकारी षड्यन्त्रका तानाबाना अझै पनि बुनिदै छन्।

जनप्रतिनिधिहरूले जनताका आवाज मुखरित गर्नुपर्ने थलो संसद् अलोकतान्त्रिक एवं प्रतिगमनकारी चिन्तन र व्यवहारको शिकार बनिरहेको छ। चुनाव हुन्छ कि हुँदैन ?  पाँच दलीय गठबन्धन टुट्छ कि टुट्दैन ?  भन्ने जस्ता प्रश्न उठने गरेका छन्।’

अध्यक्ष नेपालले विशेष परिस्थितिमा निर्माण भएको गठबन्धनको आवश्यकता स्थानीय तहको निर्वाचनसम्म मात्र नभइ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।

संविधान निर्माणमा सहकार्य गरेका राजनैतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने पार्टीको मान्यता रहेको उल्लेख गरिएको छ।

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका दौरान आफ्ना विचार र योजनाहरू लिएर जनतामाझ जाने र उनीहरूको मत लिएर जनसमर्थन प्राप्त सुदृढ राजनीतिक शक्तिको रुपमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती खडा भएको अध्यक्ष नेपालको भनाइ छ।

‘जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन। हामीले सवै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं,’उनले प्रतिवेदनमा भनेका छन्,‘कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं।

यस्तो स्थिति अब रहिरहनु हुँदैन। गठन भइसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानु पर्दछ।’

आगामी निर्वाचनको तयारी मुख्य काम भएको भन्दै अध्यक्ष नेपालले पार्टीले प्राप्त गर्ने सफलताले राजनीतिक हैसियत र भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्ने भएकाले त्यसतर्फ केन्द्रीत हुनुपर्ने उल्लेख गरेका छन्।

‘आफ्नो सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो। यस केन्द्रीय कार्यमा पार्टी र जनसङ्गठनका सबै कमिटी तथा पार्टी सम्बद्ध सबैलाई सम्पूर्ण रूपले परिचालित गरौं,’उनले भनेका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img