13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

एमसीसी जस्ताको तस्तै कार्यान्वयन भए कम्युनिस्ट र चीनविरुद्ध : सम्मानित नेता खनाल

spot_img

काठमाडौं- नेकपा एकीकृत समाजबादीका सम्मानित नेता झलनाथ खनालले संसदबाट पारित भएको एमसीसी सम्झौता जस्ताको तस्तै कार्यान्वय भए कम्युनिस्ट र चीनविरुद्धको हुने बताएका छन्। उनले एमसीसी जस्ताको तस्तै कार्यान्वय गर्न नहुनेमा जोड दिए।

बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेता खनालले एमसीसी धेरै ठूलो मुद्दा रहेको बताउँदै यो अपरिपक्व सम्झौता रहेको बताए।

नेपालको हितलाई तल राखेर अमेरिकाको हितलाई माथि राखेर गरिएको सम्झौता एमसीसी भएको भन्दै उनले भने, यो एक किसिमले आत्मसमर्पण गरेको हो। पार्टीमै यसबारे मतभिन्नता रहे पनि बहुमतका कारण अनुमोदन गर्ने कुरा भएको उनले बताए।

संसदबाट हतारहतारमा सम्झौता पास भइसकेकाले अब यसको कार्यान्वयको पाटो महत्वपूर्ण भएको उनको भनाइ छ ।

व्याख्यात्मक घोषणाको प्रलन भए पनि अर्को पक्षले त्यसलाई स्वीकार गर्यो भने र सम्झौतालाई संशोधन वा लेटर अफ एक्सचेन्जु गर्न सकियो भने उपलब्धि हुने उनको भनाइ छ।

यो हामीले एकतर्फीरुपमा गर्‍यौं। अब लेटर अफ एक्सचेन्जु का लागि दबाब सिर्जना गर्नुपर्ने हुन्छु उनले भने, विवादको विषयमा जानु भन्दा जे गरिएको छ त्यसलाई उपलब्धि बनाउनका लागि सम्झौताको अंग बनाउन सक्नु पर्‍यो।

मानेनौं भने तीस दिनभित्र खारेज गर्न सक्छौं भन्ने व्यवस्था सम्झौतामा भए पनि आफूहरुको दल सानो भएकाले सम्भव नरहेको बताए। हामीसँग बहुमत पनि छैन्।

बहुमत कांँग्रेस र एमालेको छ उनीहरु त्यसको पक्षमा छन्। त्यसैले यसका लागि संसदबाट गर्न सकिँदैनु नेता खनालले भने, जस्ताको तस्तै कार्यान्वयन भयो भने एन्टी कम्युनिस्ट र एन्टी चाइना हुन्छ।

- Advertisement -

एमसीसी कार्यान्वयनका लागि राष्ट्रिय स्तरबाट अनुगमन गर्ने संयन्त्र बनाउनु पर्ने उनको भनाइ छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img