10.7 C
Nepal
Saturday, December 3, 2022
spot_img
spot_img

एमालेको निर्वाचन घोषणापत्रमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

spot_img

काठमाडौं, नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका थिए । जम्मा ४८ पृष्ठ लामो चुनावी घोषणापत्रमा गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने उल्लेख छ ।

यसैगरी, स्वास्थ्य, खानेपानी र सरसफाइ, ऊर्जा, विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निःशुल्क र कृषिलाई प्राथमिकताको रुपमा घोषणापत्रमा उल्लेख छ ।

यातायात, पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिककरण र आर्थिक वृद्धिका साथै स्वदेशमै रोजगारीलगायतका कार्यक्रम पनि घोषणापत्रमा उल्लेख छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img