13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

एमालेबाट निर्वाचित कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिहरू समाजवादीमा प्रवेश

spot_img

कञ्चनपुर, कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहित बहुमत निर्वाचित जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। पाँचजना वडाध्यक्ष र २१ जना वडा सदस्य एमाले छोडेर समाजवादीमा लागेका हुन्।

नेकपा एमाले परित्याग गरेर उनीहरु आज (आइतबार) समाजवादीमा प्रवेश गरेका हुन्। बेदकोटमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उनीहरुलाई समाजवादीमा प्रवेश गराए।

मेयर चन्द २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट प्रमुखमा निर्वाचित भएका थिए। उनी केही समय अघि भएको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीको अधिवेशनमा सचिवमा पराजित भएका थिए।

तात्कालीन समयमा पनि एमालेमा हुँदा माधवकुमार नेपाल समूहमा नै रहेका चन्द नेकपा हुँदा पनि नेपाल समूहमै थिए। तर, पार्टी विभाजन हुँदा भने उनले समाजवादी रोजेका थिएनन्।

आजको कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित भएका बेदकोटका आठमध्ये ५ वटा वडाध्यक्ष समाजवादीमा प्रवेश गरेका हुन्।

कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य रामचन्द्र रेग्मी, जिल्ला कमिटी सदस्य देवबहादुर चन्द सहितका अन्य नेताहरु पनि समाजवादीमा लागेका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img