डोल्पा, डोल्पाका दुई गाउँपालिका अध्यक्षले नेकपा एमाले परित्याग गरेका छन् । एमाले त्याग्नेमा काइके गाउँपालिका अध्यक्ष अंगतकुमार राना र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ रहेका छन् ।
उनीहरू एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गुरुङ र रानाले संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् ।
गुरुङ र राना ०७४ मा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका भएका थिए । राना एमाले कर्णाली प्रदेश कमिटी सदस्य पनि थिए ।