Sarokar News

Best News Forever

अर्थतन्त्र देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

एमाले एक्लै भारी हो, सानातिना मिलेर फरक पर्दैन् : अध्यक्ष ओली

काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेर आफूहरुसँग एक्लै लड्न नसकिने स्वीकारेको बताएका छन्।

भक्तपुरको सूर्यविनायकमा एमाले केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईले सुरु गरेको तरकारी बजारको बुधबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्।

ओलीले कांँग्रेस र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई एक एक केजीको ढकको पनि संज्ञा दिएका छन्।

ुगठबन्धनमा रहेका पाँच दल भनेका एक एक केजीका ढक हुन्। तर एमाले एक्लै एक क्विन्टलको ढक हो। अब पाँच केजीको ढक र एक क्विन्टलको ढक दुई पटी राखेर जोख्दा तुलनै हुन सक्दैन नि१ उनीहरुले एमालेसँग भिड्न गठबन्धन गरेरै आउनुपर्छ।ु

उनले बच्चाहरूसँग एमालेलाई लड्न पनि समस्या हुने बताए। ुहामीलाई साह्रै बच्चा भयो भने लड्न गाह्रो हुन्छ।

बच्चाहरूसँग निहुरिएर लड्न सकिन्नु, उनले भने, एउटाको काँधमा अर्को चढ्छ। लोभीपापीको गठबन्धन कति गाह्रो छ। गठबन्धनले एकै दिन मनोनयन गर्न सक्दैन भनेर दुई दिन राखिएको छ। एक हप्ता गराए पनि के भो र मनोनयन नै हुने होला।

ओलीले गठबन्धन गरेर पनि एमालेसँग लड्न गाह्रो रहेको बताए। गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्नु भयो। तर गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छु, उनले भने, एमाले एक्लैले गठबन्धनलाई यो कुरा सिकाउनेछ।ु

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *