14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

एमाले एक्लै लडेर ६० देखि ७० प्रतिशत सिट जित्छ : अध्यक्ष ओली

spot_img

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिटमा निर्वाचन जित्ने दाबी गरेका छन्।

उनले भने, ६० देखि ७० प्रतिशत सिट एक्लै जित्न सक्छौं।’ बुद्धिजीवीहरूले ‘कम्युनिस्ट पार्टी मिल्ने कि सकिने’ भन्दै लेख लेखेको उल्लेख गर्दै ओलीले आक्रोश पनि पोखे।

मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा उनले पार्टीले एक्लै निर्वाचन जित्ने जिकिर गरे।

जनता झुक्याउन र अल्मल्याउन त्यस्ता कुरा गरेको भन्दै ओलीले जिस्क्याउने खालका कुरा नगर्न चेतावनी पनि दिए।

नाम राख्दैमा सबै कम्युनिस्ट नहुने भन्दै उनले कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार ढाल्नेहरू कम्युनिस्ट हुन नसक्ने तर्क गरे।

अध्यक्ष ओलीले कम्युनिस्ट नमिले सर्वनाश हुने भनी आफ्नै पार्टीका नेता घनश्याम भुसालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। भुसालले कम्युनिस्ट पार्टीहरू आउने स्थानीय चुनावमा मिल्नुपर्ने बताएका थिए।

अध्यक्ष ओलीले भुसालको नाम नलिई तथाकथित बुद्धिजिवीहरूले कम्युनिस्ट नमिले एमाले सिद्धिन्छ भन्ने ढंगले निरास बनाए पनि एमाले एक्लै जित्न सक्षम रहेको बताए।

ओलीले भने, ‘नेकपा एमालेका बारेमा कम्युनिस्ट पार्टीहरू मिल्ने कि समाप्त हुने भनेर तथाकथित बुद्धिजिवी त्यसमा कोही कम्युनिस्टको खोल ओढेका पनि हुन्छन् उनीहरूले लेख्छन् र निरास बनाइदिन्छन्।

- Advertisement -

हिजोमात्रै मोहन वैद्यले स्थानीय चुनाव बहिष्कार गर्ने भन्दै थिए। किन बहिष्कार गर्ने भन्दा कहिँ जित्ने नभएर। अब त्यो पार्टीसँग मिलेर चुनाव लडेन भने एमाले सिद्धिन्छ रे। एउटा बुद्धिजिवीलाई त्यस्तो लागेछ।’

ओलीले थपे, ‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाईरु एमालेलाई भनेको हो भने यस्तो जिस्क्याउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु।

झण्डै दुई तिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिस्ट हुन्छरु आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने, अन्त गएर भोट हाल्ने, पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने। यस्तालाई कम्युनिस्ट मानेर एमालेले मिलिदिनुपर्ने ?

अध्यक्ष ओलीले देशमा दुई खाले राजनीतिक शक्ति रहेको भन्दै कम्युनिस्ट एकता भनेर गीत गाउनु बेकारको तमासा भएको बताए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img