Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

एमाले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते, निर्वाचन विभाग गठन

काठमाडौं, नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ। मंगलबार पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठकको मिति तय गरेको हो।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार चैत ७ गते पोलिटब्यूरो, ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटी बैठक बस्नेछ।

बैठकले निर्वाचनमा उम्मेदवार छनोटको मापदण्डका विषयमासमेत निर्णय गरेको छ। गुरुङका अनुसार वडाका उम्मेदवारको टुंगो जिल्लाले लगाउने छ भने अन्य उम्मेदवारको टुंगो जिल्ला, नगर र प्रदेश कमिटीको सिफारिसमा केन्द्रले लगाउने छ

मंगलबारको सचिवालय बैठकले निर्वाचन र नीति अध्यायन प्रतिष्ठान विभाग गठन गरेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *