14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

एमाले बैठकमा सातै प्रदेश अध्यक्षको रिपोर्टिङ सकियो

spot_img

काठमाडौ, नेकपा (एमाले) केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ ।

प्रदेश अध्यक्षहरू क्रमशः तुल्सी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारीले बैठकमा स्थानीय निर्वाचन केन्द्रित रिपोर्टिङ गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनीहरुले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने बैठकमा रिपोर्टिङ सुनाएका थिए । पार्टीप्रति तीब्र जनआकर्षण बढेको छ, आधारभूत तहदेखिकै पार्टी कमिटीहरू चलायमान छन्, फुटको असर अत्यन्त न्यून छ त्यसैले नेकपा एमाले पहिलो शक्ति बन्ने आधार कायमै छ’ प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेको भनाइ छ ।

प्रदेश अध्यक्षको रिपोटिङ सकिएपछि खाजा ब्रेक भएको छ । त्यसपछि पार्टी अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेलगायतका कार्यसूची छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img