19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

ओलीको खलनायकीपनले देउवालाई बारम्बार प्रधानमन्त्री बन्दिनुस् भन्नुपर्ने अवस्था आयो : अध्यक्ष दाहाल

spot_img

कैलाली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तात्कालीन प्रधानमन्त्री केपी ओलीको खलनायकीपनले पाँच दलीय गठबन्धनको अवस्थामा आइपुगेको बताएका छन्।

‘ठूलो चिज प्राप्त गरौंला, ठूलो राजनीतिक स्थायित्व गरौंला, कम्युनिस्टहरुको बृहत्तर एकतामार्फत समाजवादको यात्रामा अघि बढौंला भन्ने थियो’, दाहालले भने, ‘तर, ओलीका कारण त्यो कुरा सम्भव भएन।

हामीले पार्टीमा निकै कोसिस गर्दा पनि सम्भव नभएपछि लिखित असहमति राख्यौं। यी सबै प्रसंगहरु संसद् विघटनसम्म पुग्यो।’

सोमबार सुदूरपश्चिम प्रदेशको कैलालीमा आयोजित राजनीतिक र वैचारिक प्रशिक्षणमा बोल्दै दाहालले आफूले र माधवकुमार नेपालले कांँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बारम्बार आग्रह गरेको बताए।

ओलीको प्रतिगमनपछि आफूले प्रतिपक्ष दलका नेता एवम कांँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न निकै आग्रह गरेको दाहालले बताए।

माधवजी र मैले बारम्बार शेरबहादुरजीलाई भेटेर प्रधानमन्त्री बनिदिनुस् भनेर धेरैचोटी अनुरोध गर्‍यौं। त्यसपछि मात्रै देउवाजी प्रधानमन्त्री हुन तयार हुनुभयो’, दाहालले भने।

आफूलाई एमालेसँग पार्टी एकता नगरेर ५ वर्ष प्रधानमन्त्री बन्न अफर गरेपनि स्वीकार नगरेको दाहालले दाबी गरे।

अघिल्लो निर्वाचनमा कांँग्रेस र मधेसवादी दलहरुले तपाईंहरु पार्टी एकता नगर्नुस्, ५ वर्ष प्रधानमन्त्री खानुस् भनेर भन्दा पनि नैतिक दृष्टिले अस्वीकार गरेको हो’ ।

- Advertisement -

दाहालले भने, तर, चार वर्ष पुग्दा नपुग्दै ओलीको खलनायक भूमिका र विदेशी शक्तिसामु आत्मसमर्पण गरेपछि हामीले प्रतिगमनविरुद्ध संघर्ष गर्नु पर्‍यो।’

बाबुराम भट्टराई र मोहन वैद्यलाई लक्षित गर्दै दाहालले किताब पढेर मात्रै हुने भए डाक्टर–वैद्यले धेरै चिज गरिसकेको हुने बताए।

‘धेरै ठूलो विद्वानहरु अहिले कहाँ छन्रु किताब पढेर हुने भए भाषण गरेर हुने भए, उपदेश दिएर हुनुपर्ने भए हामीभन्दा कैयन ठूलो पार्टी नारायणमानदेखि मोहनविक्रमको हुनुपर्ने हो।

तर, त्यस्तो भएन र हुँदैन’ दाहालले भने, विचार, संगठन, व्यवहार, संघर्षबीच समुचित तालमेल भयो भने मात्रै विचारको विकास र पार्टीको रुपान्तरण हुने, संगठन निर्माण र जनसंगठन सुदृढ हुने हो।’

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img