काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओली नेतृत्वको नेकपा एमाले उत्प्रेषणको आदेशबाट बनेको गुट भन्दै आफूहरुले बनाएको एमाले नेकपा एकतासँगै विघटन भइसकेको बताएका छन् ।
नेकपा एस निकट समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता खनालले एमालेहरुले अहिले देशभरी आफूहरु पूरानै एमाले भएका भनेर भ्रम छरिरहेको बताए ।
खनालले भने– त्यो गुटले देशभरी भ्रम छरिरहेको छ, एमाले भनेर । त्यो एमाले त नेकपा एकीकरणसँगै विघटन भइसकेको हो ।
यो त सर्वोच्च अदालतको उत्प्रेषणको आदेशबाट जन्मिएको गुट हो । तर ,त्यसभित्र हामीले तन्त्रमन्त्र गरेका र शिक्षित गरेका थुप्रै साथीहरु त्यहाँभित्र हुनुहुन्छ । उहाँहरु भ्रममुक्त भएर आउनुपर्छ ।