26.1 C
Nepal
Monday, August 2, 2021
spot_img
spot_img

ओली नेतृत्वको सरकार बाँकी दुई वर्षसम्म पनि रहन्छ : झलनाथ खनाल

spot_img

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेको सरकार बाँकी दुई वर्षसम्म पनि रहने बताएका छन् ।
उनले आफूहरु सरकार असफल बनाउने तिर होइन जोगाउन लाग्ने बताए । बुधबार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता खनालले एमाले नेतृत्वको सरकार दुई वर्ष जाने बताए । ‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु,’ पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने ।
सरकार जोगाउने दायित्व तपाईंहरुको पनि होला नी भन्ने पत्रकारको प्रश्नमा खनालले भने, ‘सरकार जोगाउने दायित्व नेकपा एमालेको हो, कुनै व्यक्तिले जोगाएर जोगिँदैन, पार्टीले जोगाएपछि मात्रै जोगिने हो । हामी जोगाउन लाग्छौँ ।’
नेता खनालले संसदको पुनःस्र्थापना विशेष घटना भएको बताउँदै संविधानको मर्म र भावना अनुसार अघि बढ्नुको विकल्प भएको उल्लेख गरे । उनले संसद पुनःस्र्थापन भएसँगै संसदमा नयाँ खेलको सुरुवात हुने पनि बताए । ‘संसद भवन भनेको सर्वोच्च राजनीतिक मञ्च हो, देशका सम्पूर्ण राजनीतिक पार्टीहरुले खेल खेल्ने ठाउँ यही हो,’ वरिष्ठ नेता खनालले भने, ‘त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिदृष्य तपाईंहरुले विस्तारै विस्तारै देख्दै जानुहुन्छ ।’
तीन वर्षपछि पुनः नेकपा एमालेको सांसद बन्दाको अनुभवबारे राखिएको जिज्ञासामा खनालले आफूलाई बडो रमाइलो लागेको बताए ।

- Advertisement -
- Advertisement -
- Advertisement -
spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img