14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

ओली प्रधानमन्त्री बनाउँछु भनेपछि मात्र संविधान बनाउन तयार भए : अध्यक्ष दाहाल

spot_img

नुवाकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउँछु भनेर आफूले भनेपछि मात्र एमाले अध्यक्ष केपी ओली संविधान बनाउन तयार भएको खुलासा गरेका छन् ।

पोष्टबहादुर बोगटीको सालिक अनावरणका लागि नुवाकोट पुगेका दाहालले ओलीलाई तपाईं संविधान बनाउन सहयोग गर्नुस् म प्रधानमन्त्रीको ग्यारेन्टी गर्छु भनेपछि मात्र उनी तयार भएको बताएका हुन् ।

उनले तात्कालीन कांँग्रेस नेता सुशील कोइरालालाई राष्ट्रपति बनाउँछु भनेपछि मात्र संविधान बनेको बताए ।

‘देशलाई संकट पर्यो भने निकास दिनपर्ने मुख्य दायित्वमा रहेको देखिन्छ । नेपालमा जनयुद्ध भयो र त्यसलाई शान्ति प्रक्रियामा रुपान्तरण गरियो । त्यो सामान्य कुरा थिएन ।

संविधानसभाबाट समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने आधारशिलाको रुपमा गर्यो । त्यो पनि सामान्य कुरा थिएन’दाहालले भने ।

उनले अघि भने, संविधान नै कार्यान्वयन नहुने हो कि भन्ने सन्त्रास नेपाली जनतामा थियो । यी सबै कुराको निकास हामीले दिएका थियौं ।

मैले मिस्टर ओलीलाई तपाईं संविधान बनाउन सहयोग गर्नुस् म प्रधानमन्त्रीको ग्यारेन्टी गर्छु भनेपछि मात्र उहाँ तयार हुनुभएको थियो । मैले सुशील कोइरालालाई पनि भनेको थिएँ ।’

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img