14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

कंगोमा विद्रोही आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिकको मृत्यु

spot_img

काठमाडौं- शान्ति मिशनका लागि कंगोमा रहेका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणमा परेर मृत्यु भएको छ।

अपरेशन बालीका क्रममा विद्रोहीले अज्ञात स्थानबाट चलाएको गोली लागेर घाइते भएका सैनिकको उपचारका क्रममा ज्यान गएको हो।

हेलिकप्टरमार्फत उपचारको लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा लगिएका सुर्खेत, गुर्माकोट-१४ का सिपाही अनिल गुरुङको मंगलबार उपचारको क्रममा मृत्यु ज्यान गएको नेपाली सेनाले जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट गरेका छन्। नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img