12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

कच्चा तेलको मूल्यमा भारी गिरावट, एक सातामै ३०%ले घट्यो

spot_img

एजेन्सी, विश्व बजारमा कच्चा तेलको मूल्यमा बितेको एक साताको अवधिमा भारी गिरावट आएको छ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेयता विश्व बजारमा तेलको मूल्य नाटकीय रुपमा वृद्धि भएको थियो। एक साताको अवधिमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १३९ डलरभन्दा बढी पुगेको थियो।

व्यापारीहरुले रुसी तेललाई प्रतिबन्ध लगाएका कारण तेलको मूल्य प्रतिब्यारेल १८५ हुँदै २०० डलरसम्म पुग्न सक्ने विश्लेषकहरुले चेतावनी दिएका थिए।

यसले मुद्रास्फीति दर बढ्नुका साथै विश्व अर्थतन्त्रमा संकुचन पैदा गर्ने अनुमान गरिएको थियो। यसबीच साउदी अरब र युनाइटेड अरब इमिरेट्स (यूएई) ले तेलको उत्पादन बढाउन सक्ने आशाले केही राहात दिएको छ।

जसका कारण ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १०० डलरमा झरेको छ। एक साताको अवधिमा मूल्यमा ३० प्रतिशतले गिरावट आएको हो।

यस्तै चीनमा नयाँ कोरोनाभाइरसका कारण मुख्य सहरहरुमा प्रतिबन्ध लगाइएका कारण तेलको मागमा कमी आउने भएकाले बजारमा दबाब कम पर्ने जनाइएको छ।

यद्यपि विश्लेषकहरुले खतरा टरिनकसेको चेतावनी दिएका छन्। अहिले तेलको बिक्री उत्पादन मूल्यभन्दा धेरै नै माथि भइरहेको छ। त्यस्तै अनिश्चिनताका कारण तेलको मूल्यमा तीव्र उतारचढाव हुन सक्ने देखिन्छ।

यसैबीच अमेरिकाका लागि यूएईका राजदूतले आफ्नो देशले तेलको उत्पादन बढाउन चाहेको बताएका छन्। यसले अहिले भइरहेको मूल्य वृद्धिलाई सम्बोधन गर्न तेल निर्याकर्ता देशहरुको संगठन ‘ओपेक’ ले हस्तेक्षप गर्न सक्ने संकेत गरेको छ।

- Advertisement -

यस्तै युद्ध जारी रहे पनि रुस र युक्रेबीच अहिलेपनि वार्तालाप जारी छ। उता चीनले नयाँभाइरस देखिएपछि सान्जेनमा लकडाउन लगाउनुका साथै सांघाईमा नयाँ नियम लगाएको छ।

जसको अर्थ चीनमा तेलको माग कम हुनु हो। चीनले प्रतिदिन ११ मिलियन ब्यारेल तेल निर्यात गर्ने गर्छ। त्यसैले कोरोनाभाइरस नियन्त्रणका लागि चीनमा लगाइएका प्रतिबन्धहरुले तेलको मागको दबाबलाई कम गर्ने विश्वास लिइएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img