14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

कप्तान सन्दीपको पहिलो एकदिवसीय, नेपालले पपुवान्यूगीनीको सामना गर्दै

spot_img

काठमाडौँ, आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नेपालले बुधबार यूएईमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ।

यो कप्तान बनेपछि सन्दीप लामिछानेले खेल्न लाग्नु भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल हो। सन्दीपले यसअघि टी–२० विश्वकपमा नेपालको कप्तानी गर्नुभएको थियो।

श्रीलंकामा त्यहाँको स्थानीय टोलीसँग चारवटा एकदिवसीय अभ्यास खेल खेलेर यूएई पुगेको नेपाली टोलीका लागि ब्याटिङमा ब्यापक सुधार गर्नुपर्ने आवश्यकता छ।

नेपालले अभ्यासको चार खेलमध्ये एक खेलमा मात्र ५० ओभर नै ब्याटिङ गरेको थियो। त्रिदेशीय सिरिजमा नेपालले पीएनजीसँगै घरेलु टोली यूएईसँग खेल्नेछ।

मंगलबारबाटै सुरु भएको सिरिजमा आयोजक यूएईले पीएनजीलाई सात विकेटले पराजित गरेको छ। पीएनजी यस प्रतियोगितामा एउटै खेल नजित्ने पहिलो टोली हो।

टी–२० क्रिकेटमा जमिरहेको नेपालका लागि ५० ओभरको खेल चुनौतीपूर्ण देखिएको छ। पीएनजी तुलनात्मक रुपमा कमजोर देखिए पनि यूएई नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो।

नेपालले पीएनजीसँग अहिलेसम्म दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ। दुवै खेलमा नेपाल विजयी भएको थियो। त्यसैले बुधबार नेपालले पीएनजीमाथि सुखद नजिता निकाल्ने लक्ष्यमा छ।

- Advertisement -

सिरजमा नेपालले मार्च १८ मा यूएई, मार्च २१ मा पुनः यूएई र मार्च २२ मा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ। लिग–२ मा नेपालले आठ खेल खेल्दै चार जित र चार हार खेपेको छ। आठ अंक बनाएको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ।

नेपाल लिगमा कम खेल खेल्ने टोली पनि हो। पीएनजीले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन। सात टोली सहभागी लिग–२ मा सबै राष्ट्रले एकआपसमा ३२ वटा खेल खेल्नेछन्।

३२ खेलपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img