13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

कमलको महेन्द्र रत्न मा.वि.मा अङ्ग्रेजी भाषामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

spot_img

विजयकुमार अधिकारी, २१, फागुन, कमल । झापाको कमल २, समयगढस्थित श्री महेन्द्र रत्न मा. वि. मा गठित महेन्द्र रत्न बालक्लबको आयोजना तथा साहित्य चौतारी बिर्तामोडको प्रायोजनमा आज फागुन २१ गते आइतबारका दिन विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा अङ्ग्रेजी भाषामा निबन्ध लेखन तथा प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न भएको छ ।

महेन्द्र रत्न बालक्लबका उपाध्यक्ष मानव सापकोटाको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक बालकृष्ण संग्रौलाको प्रमुख आतिथ्य तथा सहायक प्रधानाध्यापक हिमालय कोइरालाको विशेष आतिथ्यमा सञ्चालित उक्त प्रतियोगितात्मक कार्यक्रमको निर्णायक समितिमा विशेष अतिथि एवम् सहायक प्रधानाध्यापक हिमालय कोइराला तथा शिक्षक सुवास ढकाल रहनुभएको थियो ।

उक्त निबन्ध प्रतियोगितात्मक कार्यक्रमलाई सुरुदेखि अन्त्यसम्म नै अङ्ग्रेजी भाषामा सञ्चालन गरिएको थियो । अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुने गरेको श्री महेन्द्र रत्न माध्यमिक विद्यालय समयगढ, कमलमा अङ्‌ग्रेजी भाषामा सञ्चालन गरिएको उक्त प्रतियोगितात्मक कार्यक्रममा स्वागत मन्तव्य बालक्लबकी सचिव सोनिया श्रेष्ठको रहेको थियो भने कार्यक्रमको सञ्चालन बालक्लबकी अध्यक्ष अतिक्षा मुखियाबाट भएको थियो ।

कक्षा ६ देखि १२ सम्मका सबै विद्यार्थीहरूलाई डिसिप्लिन शीर्षक दिई ५० मिनेटको समय दिएर आआफ्ना कक्षामा निबन्ध लेख्न लगाइएको थियो । विद्यार्थीहरूले कक्षामा लेखेका निबन्धहरूमध्ये उत्कृष्ट नौओटा निबन्ध छनोट गरी ती निबन्धको प्रस्तुति उक्त प्रतियोगितात्मक कार्यक्रममा गराइएको थियो ।

श्री महेन्द्र रत्न माध्यमिक विद्यालयको इतिहासमा पहिलो पटक अङ्‌ग्रेजी भाषामा सञ्चालन गरिएको उक्त निबन्ध लेखन प्रतियोगितामा स्वागत मन्तव्य, प्रमुख अतिथिको मन्तव्य, निर्णायक समितिको तर्फबाट गरिएको मूल्याङ्कनको घोषणा तथा सभाध्यक्षको मन्तव्य लगायत कार्यक्रमको समग्र स्वरूप अङ्ग्रजीमय हुनुका साथै कार्यक्रमको वातावरण अत्यन्त रोचक, आकर्षक एवम् प्रभावकारी रहेको थियो ।

कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने प्रतियोगी छात्रछात्राहरू क्रमशः प्रतिमा थापा, गोमा श्रेष्ठ, दिलशा वि.क., नेन्सी श्रेष्ठलाई नगद पुरस्कार क्रमशः रु. ४००, रु. ३००, रु. २०० र रु. १०० प्रमुख अतिथि एवम् प्रधानाध्यापक बालकृष्ण संग्रौलाको हातबाट प्रदान गरिएको थियो भने निबन्ध प्रस्तुत गर्ने अन्य सबै प्रतियोगीहरूलाई सहभागिताको पुरस्कारस्वरूप कापीहरू वितरण गरिएको थियो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img