Sarokar News

Best News Forever

१ नम्बर प्रदेश मुख्य समाचार समाचार

कमल-६, पञ्चकन्या टोलका आगजनी पीडितलाई रेडक्रस कमलद्धारा राहत सामाग्री वितरण

दमक – झापाको कमल–६, स्थित पञ्चकन्या टोलमा सोमबार बिहान एक घरमा आगलागी भएको छ । पञ्चकन्या टोलस्थित रामकुमारी राईको घरमा आगलागी हुदाँ काठको घरसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।

आगलागी पीडित राई परिवारलाई आजै नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाले राहत सामाग्री प्रदान गरेको छ । कमल–६ का वडाअध्यक्ष नरेन्द्र भट्टराईको आतिथ्यता तथा रेडक्रसका उपशाखा सभापति चन्द्र साह, सचिव पारषमणि राई, उपसचिव विष्णु सुब्बा, कोषाध्यक्ष प्रमोद दाहाल, सहकोषाध्यक्ष सन्तोष राई, सदस्यहरु बिमला भट्टराई, तुलसी तिवारी लगायतको उपस्थितिमा एक सेट राहत सामाग्री प्रदान गरिएको हो ।

राहत सेटमा एक थान त्रिपल, व्लाङकेट, लत्ताकपडा, भाडावर्तन लगायत रहेका छन् । आगजनीबाट ८ लाख बढीको क्षति भएको पीडित राईको भनाई छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *