Sarokar News

Best News Forever

खेलकुद

करण केसीको अलराउन्डर प्रदर्शन, श्रीलंका पुलिसमाथि नेपालको १४५ रनको फराकिलो जीत

काठमाडौं- तीव्र गतिका बलर करण केसीको अलराउन्डर प्रदर्शनमा नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४५ रनको फराकिलो जीत निकालेको छ।

नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६‍.५ ओभरमा अलआउट हुँदै १८७ रनमै समेटियो।

नेपालका तीव्र गतिका बलर करण केसीले ४ विकेट लिएका छ। यता, सागर ढकाल र कप्तान सन्दीप लामिछानेले २र२ विकेट।यस्तै, कमलसिंह ऐरीले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको छ।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ७२ रन बनाए। ओपनर कुशल भुर्तेल ५७ र आसिफ शेख ५२ रन बनाउँदै आउट भए। करण केसी ५३ र कमलसिंह ऐरी ४३ रनमा अविजित रहे। आरिफ शेख ३५ रन जोड्दै आउट भए।

विकेटकिपर विनोद भण्डारी ३, भीम सार्की २ र पवन सराफ ३ रनमा आउट भए। यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा ८२ रनले पराजित गरेको थियो।

नेपालले अन्तिम खेल शुक्रबार श्रीलंका संयुक्त ११ सँग खेल्नेछ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *