13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

कर्मचारीको तलब दिन विदेशबाट माग्नुपर्ने अबस्था भइसकेको प्रधानमन्त्री देउवाको खुलासा

spot_img

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको तलब दिन विदेशबाट माग्नुपर्ने भइसकेको बताएका छन्। देशको आम्दानी नभएको अवस्थामा पनि कर्मचारीबाट काम हुन नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।

उनले ब्यूरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि नबढ्ने स्पष्ट पारेका छन्। बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। उनले देशको दुर्गतिको कारण पहिल्याउन आवश्यक रहेको पनि चर्चा गरे। उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताए।

उनले भने, ‘ब्यूरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि बढ्दैन। जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोक्रेसी हो नि। उसले काम गर्दैन त कसरी देश बन्छ? अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ, फर्किहाल्छ। कर्मचारीको सहयोग नभईकन देश अघि बढ्दैन।’

उनले देशको दुर्गति हुनुको जिम्मेवारी राजनीतिक दल मात्रै हुन् कि ब्यूरोक्रेसी पनि हो ? यस विषयमा व्यापक छलफल गर्नुपर्नेमा जोड दिए।

उनले राजनीतिबाट आउने व्यक्ति पाँच, पाँच वर्षमा बदलिने बताउँदै कर्मचारी त पेन्सन पाउँदासम्म काममा रहने बताए। उनले भने, ‘राजनीतिक दलहरू ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो। बाटो बन्द हुन्छ। साइन गर्छ फर्किहाल्छ। बस्दै बस्दैनन्। कर्मचारी त त्यसरी जाँदैनन्।’

उनले कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए। प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेका वेला समेत देश विकास हुन नसकेको गुनासो गरे।

उनले कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गरे विकास हुन समय नलाग्ने बताए। उनले कर्मचारीहरू नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरूले मात्रै गरेर केही नहुने बताए।

उनले भने, ‘तपाईंहरू स्थायी सरकार हो। स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ। जनताले भोटले पत्याए हो, नत्र त हामी गइहाल्छौँ नि। त्यही भएर तपाईंहरू काम गर्नुहोस्। के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ।’

- Advertisement -

प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले देश विकासका लागि काम गर्न कर्मचारीहरूलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गरे।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img