13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

कलाश्री सम्मान परशु प्रधानलाई, पुरस्कार मञ्जु काँचुलीलाई

spot_img

काठमाडौं– नेपाल कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०७८ को राष्ट्रिय कलाश्री सम्मान–२०७८ वरिष्ठ साहित्यकार परशु प्रधानलाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको बैठकले यही चैत महिनामा सम्पन्न हुने विशेष समारोहमा कलाश्री सम्मान प्रदान गर्ने निर्णय गरेको हो।

यस्तै साहित्यकार मञ्जु काँचुलीलाई एक लाख रुपैयाँसहित राष्ट्रिय कलाश्री पुरस्कार २०७८ प्रदान गर्ने निर्णय पनि संस्थाले गरेको छ। केशव सिग्देललाई ७५ हजार रुपैयाँको सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार, धीरेन्द्र प्रेमर्षिलाई ५० हजार रुपैयाँको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार, मूर्तिकार ओम केसीलाई ६० हजारको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार र गायक शिव परियारलाई ५० हजारको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार दिइने भएको छ।

यसअघि राष्ट्रिय कलाश्री सम्मानबाट जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल ९वात्स्यायान०, दुर्गालाल श्रेष्ठ, डा। वासुदेव त्रिपाठी, वैरागी काइँला, प्रेमध्वज प्रधान तथा रामेश सम्मानित भइसकेका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img