14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि बस्दै

spot_img

काठमाडौं, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पुनः बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।

मुख्यसचिव पौडेलका अनुसार आइतबारको बैठकमा केन्द्रीय सदस्य एन।पी। साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला, सरिता प्रसाई, अमृत अर्याल, डा। गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, ध्रुव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतमले धारणा राखेका छन् ।

यसै गरी तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर के।सी।, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार के।सी।, अर्जुनजंगबहादुर सिंह, राजीवबिक्रम शाह, डा। चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतीमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानू बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी. सुशीला ढकाल ९आचार्य०, रुपा वि.क. विद्यादेवी तिमिल्सिना र जीवन रानाले धारणा राखेका छन् ।

काँग्रेसले वैशाख ३० गतेको स्थानीय चुनाव लक्षित ‘घर–घर जाऊ, काँग्रेस जिताऔं’ अभियान चलाएको छ । घोषणापत्र तयारीका लागि महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।

पछिल्लो काँग्रेस बैठकमा प्रदेशको अवस्था र परिस्थितिबारे रिपोर्टिङ भएको थियो । चैत ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यले धारणा राखेका थिए भने प्रदेशगत रिपोर्टिङ भएको थियो ।

चैत ११ गतेको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यले आइतबारको धारणा राखेका थिए । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा।डा। गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले धारणा राखेका थिए ।

त्यसैगरी शुक्रबार नै प्रदेश सभापति उद्धव थापा (प्रदेशन १) कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा राखिसकेका छन् ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले सरकारका काम, आगामी चुनाव र चुनावी गठबन्धनको विषयमा धारणा राख्नुभएको छ। अर्को बैठक सोमबार बिहान साढे ११ बजे बस्नेछ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img