काठमाडौं, नेपाली काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित भएका छन् । महामन्त्री गगन थापा संयोजकत्वको समिति सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले आइतबार थप १९ सदस्य मनोनित गर्नुभएको हो ।
फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले महामन्त्री थापाको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको थियो ।
मनोनयन भएका थप सदस्य
१. सदस्य – किरण यादव
२. सदस्य – फखरुदीन खान
३. सदस्य – प्रकाश पन्थ
४. सदस्य – उमा वादी
५. सदस्य – सन्तोषमणि नेपाल
६. सदस्य – डा. लोचन कार्की
७. सदस्य – श्याम पटेल
८. सदस्य – कृष्णप्रसाद तिमिल्सीना
९. सदस्य – निलकण्ठ शर्मा
१०. सदस्य – विभुषण विष्ट
११. सदस्य – शिशिर खनाल
१२. सदस्य – सरोज पाठक
१३. सदस्य – कञ्चन झा
१४. सदस्य – प्रेम विश्वकर्मा
१५. सदस्य – सुवास अधिकारी
१६. सदस्य -डा. ई. सुमन कर्ण
१७. सदस्य – गोकर्ण बन्जाडे
१८. सदस्य – कृष्णकुमार सिंह
१९. सदस्य – रमेश पुरी