13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

कांँग्रेसबाहेकको गठबन्धन गर्न माधव नेपालले गरे सर्कुलर

spot_img

काठमाडौं, नेकपा एकीकृत समाजवादीले देशभरका जिल्ला कमिटीहरुमा कांँग्रेसबाहेकको गठबन्धन गर्न सर्कुलर जारी गरेको छ।

माधव नेपाल नेतृत्वको गठबन्धनले कांँग्रेसलाई तीनवटा आरोप लगाउँदै सम्भव भएका जिल्लामा प्रयास जारी राख्‍ने र नभएका जिल्लामा कांँग्रेसबाहेकको गठबन्धन गर्न सर्कुलर जारी गरिएको हो।

सर्कुलरको सूचनामा कांँग्रेसलाई तीनवटा आरोप लगाइएको छ। जसमा काठमाडौंका कुनै पनि स्थानमा नगरप्रमुख दिन तयार नभएको, जम्मा तीनवटा मात्रै उपप्रमुख अन्य दललाई दिन तयार भएको, वडा बाँडफाँट वडा तहबाट नै गर्ने धारणा रहेको र आफूले जितेको कुनै पनि स्थानमा वडा सदस्यसमेत अन्य दललाई दिन तयार नभएको आरोप लगाएको छ।

सर्कुलरमा भनिएको छ, गठबन्धनको कांँग्रेससँगको यात्रा सहज देखिएको छैन। आ-आफ्नो ठाउँमा कांँग्रेससँगको गठबन्धनको सम्भावना कायम राख्दै कांग्रेसबाहेकको गठबन्धनको तयारीमा भोलि देखिनै लाग्न अनुरोध छ।

कांँग्रेसको केन्द्रीय कार्यसमितिले भने यसअघि गठबन्धनमा रहेका सबै दलहरुलाई मिलाएर अघि बढ्ने सर्वसम्मत निर्णय गरेको थियो। कांँग्रेसले स्थानीय तहको आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरेको हो।

अध्यक्ष नेपालले सत्ता गठबन्धनका पाँच दलबीच स्थानीय तहमा उम्मेदवारीका लागि सिट बाँडफाँट गरिँदा गत चुनावमा आफ्नो पुरोना पार्टी एमालेले जितेका स्थान आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेका थिए।

पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ०७४ सालको निर्वाचनमा एमालेले जितेका स्थानको हकदार एकीकृत समाजवादी भएको बताएका थिए।

उनले समाजवादीको सम्पर्क समन्वय कमिटीको कार्यक्रमलाई शनिबार नै सम्बोधनका क्रममा नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न पनि चेतावनीसमेत दिएका थिए।

- Advertisement -

उनले भनेका थिए, हाम्रै बलका कारण केपी ओली सत्ताको सगरमाथाबाट भुइँमा पछारिएको कसैले नभुलौँ। गठबन्धनबीच यथार्थ शक्ति पहिचान गरेर सिट बाँडिनुपर्छ।

नेपालले सत्ता गठबन्धनमा सहमति हुन नसक्ने शनिबार नै संकेत गरेका हुन्। उनले त्यस्तो अवस्थामा एक्लै चुनावमा जाने गरी तयारी थाल्न पनि निर्देशन दिएका छन्।

शुक्रबार मात्रै गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्रीय कार्यालयको बैठकलाई सम्बोधनका क्रममा नेपाल नेतृत्वको पार्टीले हैसियतभन्दा ठूलो भाग खोजेको बताएका थिए।

उनले एकीकृत समाजवादी अध्यक्ष नेपालले आफू एमालेमै रहेको जस्तो ठानेर धेरै भाग खोज्दा गठबन्धनमा सिट विभाजनका लागि कठिन भएको बताएका थिए। जनता समाजवादीले पनि स्थानीय चुनावमा धेरै स्थान खोज्दा मिलाउन समस्या भएको दाहालले बताएका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img