13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

कांँग्रेसलाई कसैको बैशाखीको आवश्यकता छैन् : नेता डा.कोइराला

spot_img

काठमाडौ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांँग्रेसलाई आगामी निर्वाचनमा कसैको बैशाखीको आवश्यकता नपर्ने बताएका छन् ।

बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस एकाइहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व’ विषयक विचार गोष्ठीमा उनले निर्वाचनमा कांँग्रेस एक्लै लडे पनि गन्तव्यमा पुग्न सक्ने बताए ।

केन्द्रीय समितिको बैठकको निर्णयविपरीत गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको भन्दै उनले आपत्ति जनाए ।

३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै उनले नयाँ मतदातालाई कांँग्रेस बनाउन नसकेमा कांँग्रेस कमजोर हुने बताए । कांँग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिह्न लगाउनुपर्ने अवस्था आएकाले यसको लेखाजोखा निर्वाचनपछि गर्ने उनले बताए ।

उनले नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन घर–घरमा जान पनि विद्यार्थीहरुलाई आग्रह गरे ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img