12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

कांँग्रेसले लोकतन्त्र संस्थागतमा अवरोध गर्‍यो : जसपा

spot_img

काठमाडौ, सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कांँग्रेसमाथि लोकतन्त्र संस्थागतमा अवरोधको काम गरिरहेको आरोप लगाएको छ।

काठमाडौंमा शनिबार सुरू भएको संघीय परिषद्को बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा जसपाले सत्ताको नेतृत्व गरिरहेको कांग्रेस लोकतन्त्र संस्थागतमा अवरोधको काम गरिरहेको आरोप लगाएको हो।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा भनिएको छ, यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो। परिस्थितिवश गणतन्त्रमा आयो।

संघवाद र समावेशी लोकतन्त्रलाई अझ जीवन्त, ठोस र मूर्त बनाउने जनताको चाहना र प्रयासमा यो दलले अवरोधको काम गरिरहेको छ।

राजनीतिक शक्तिहरुको विश्लेषण गर्दै उनले दस्तावेजमा कांँग्रेसले प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ साल पछिका कुनै पनि व्यवहार र एजेन्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि नहुने प्रतिवेदनमा उल्लेख गरेका छन्।

‘वैचारिक दृष्टिकोणले कांँग्रेस उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल हो।

औपचारिक तवरले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ साल यताका उसका कुनै पनि व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि हुँदैन।

मूलतः यो दलले नवउदारवादी आर्थिक नीति अबलम्बन गर्ने गरेको छ,’ भट्टराईको प्रतिवेदनमा भनिएको छ।

- Advertisement -

जसपाले लोकतन्त्रको विश्वव्यापी मूल्य–मान्यताको रक्षाको प्रश्नमा कांग्रेससँगे सहकार्य हुन सक्ने र बाँकी प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुने पनि बताएको छ।

कांँग्रेसले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नलाई अझै आत्मसात गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष भट्टराईले जसपालाई यी सवालहरुको मुख्य संवाहक दलका रुपमा चित्रित गरेका छन्।

भट्टराईको नजरमा कांँग्रेस र जसपाबीचको समानता र भिन्नता

यी दुवै मूलतः लोकतान्त्रिक धारका दल हुन्। तर, कांँग्रेस उदार लोकतन्त्र’ मा विश्वास गर्ने दल हो भने जसपा समावेशी लोकतन्त्र’ मा विश्वास गर्ने दल हो।

कांँग्रेस संसदीय प्रणालीमा विश्वास गर्ने दल हो भने जसपा सहभागितामूलक, प्रत्यक्ष र समानुपातिक प्रणालीमा विश्वास गर्ने दल हो।

कांँग्रेस नवउदारवादी आर्थिक नीतिमा विश्वास गर्ने दल हो भने जसपा सामाजिक उत्तरदायित्वसहितको बजार अर्थतन्त्र अर्थात् बजार–समाजबाद’ मा विश्वास गर्ने दल हो।

कांँग्रेस परोक्ष/प्रत्यक्ष देशको एकात्मक, एकल जातीय, एकभाषिक नीतिलाई प्रतिरक्षा गरिरहेको छ भने जसपा बहुसाँस्कृतिकतावादको पक्षमा दृढतापूवर्क उभिएको छ।

कांँग्रेसले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नलाई अझै आत्मसात गर्न सकेको छैन भने जसपा यी सवालको मुख्य संवाहक दल हो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img