काठमाडौं- नेपाली कांँग्रेस सातै प्रदेशमा स्थानीय तह निर्वाचन परिचालनका लागि सहमहान्त्री पठाउने निर्णय गरेको छ।
कांँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।
सहमहामन्त्रीले प्रदेश र जिल्लासँग समन्वय गर्नुका साथै केन्द्रबाट ७७ जिल्लाका लागि तोकिएका प्रतिनिधिसँग समेत समन्वय गर्ने बताइएको छ।
सहमहान्त्रीले केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्लामा गठबन्धन गर्ने क्रममा आएका समस्या समाधान गर्नेछन्।
केन्द्रीय समितिले गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयन दायित्व नै भएको समितिका संयोजक पूर्णबहादुर खड्काले बताए। गठबन्धन तोड्ने विषयलाई पार्टी अनुशासन भंग गरेको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ।
खड्काको भनाइ उदृत गर्दै महरले भने, गठबन्धनको कार्यान्वयन नगर्नु पार्टी अनुशासन बाहिर जानु हो। गठबन्धनले हामीलाई मजबुत बनाउँछ। कहीँकतै गठबन्धनभित्रै स्वस्थ प्रतिष्पर्धा हुन सक्छ।