13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

कांँग्रेसले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने

spot_img

काठमाडौं– नेपाली कांँग्रेसले आशन्न स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताअनुसार गठबन्धनमा रहेका राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा तालमेलको निर्णय गरेको नेता रामचन्द्र पौडेलले जानकारी दिए।

बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ। त्यस्तै डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ।

संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांँग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको कांग्रेसको ठहर छ।

संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार र परिस्थिति निर्माण भइसकेको समेत बैठकले निष्कर्ष निकालेको छ।

अनुशासन समित र संसदीय समिति भने गठन नभएको र प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्केपछि गठन हुने प्रवक्ता डा. महतले जानकारी दिए। देउवा शुक्रबार भारत भ्रमणमा जाने तय भएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img