14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

कांँग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै

spot_img

काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

आजको बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

कांँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन भोलि सात सहमहामन्त्रीलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरिसकेको छ ।

उनीहरूले प्रदेशमा उमेदवारको टुंगो लगाउने प्रयास गर्नेछन् । यदि प्रदेशबाट उमेदवार टुंगो लगाउन नसके उनीहरूले ९ वैशाखसम्म केन्द्रमा पठाउने छन् । त्यसपछि केन्द्रले १० वैशाखसम्म उम्मेदवारको लगाउनेछ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img