14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

कांँग्रेस चुनौती हुन्थ्यो, हाप्सिलाहरूसँग गठबन्धन गरेर ठीक गर्‍यो : अध्यक्ष ओली

spot_img

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस नेकपा एमालेको चुनौतीका रुपमा विकास भइरहेका बेला गठबन्धन गरेर ठीक ठाउँमा आएको बताएका छन्।

वर्तमान संख्यात्मक हिसाबकिताबलाई तपशिलमा राखेर गुणात्मक विकासमा एमाले अघि रहेको उनले बताएका हुन्। उनले भने, हाम्रो संख्यात्मक वृद्धि भइरहेको छ।

तर, हामी त्यसमा चित्त बुझाउँदैनौं। किनकि हाम्रो गुणात्मक विकासको सम्भावना छ। हाम्रो विचारका हिसाबले, संगठनात्मक हिसाबले हामी त्यतातिर गइरहेका छौं।

बिहीबार एमालेको केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा बोल्दै उनले आफूले नभइ गठबन्धनका दलहरुलाई उनीहरुकै बुद्धिले सिध्याउने बताए। यिनिहरु रचानात्मक छैनन्।

यिनिहरुका बुद्धिले नै सिध्याउँछ। नेपाली कांँग्रेस पनि चुनौतीको शक्ति हुन्थ्यो, राम्रो गर्‍यो, उनले थपे, कांँग्रेस पनि नीति, संगठन, आचरण, ग्रहदशा, नक्षत्र र वास्तुका हिसाबले सकिँदैछ। किनकि अलच्छिन जति बोकेर हिँडेको छ। हाप्सिलै हाप्सिला बोकेर हिँडेको छ।

कांँग्रेस पनि गठबन्धनसँगै सकिने बाटोमा लागेको बताउँदै उनले भीरमा लड्न खोजिरहेका भैंसीको पुच्छर समातेर सँगै लड्ने बाटोमा रहेको टिप्पणी गरे।

प्रतिनिधि सभा विघटन नगरेको भए एमाले अहिलेको जस्तो प्रमुख शक्तिका रुपमा नदेखिने उनको भनाइ छ। उनले थपे, दाहाल र माधव नेपालहरूका भाइ, छोरी बुहारीहरुको चित्त बुझाउँदैमा सकिन्थ्यो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img