19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

कांँग्रेस बैठक बस्दै, सर्तसहित चुनावी तालमेलको निर्णय गर्ने , गठबन्धनमा नरहेका दलसँग मिल्न नपाइने

spot_img

काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दै छ। स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेबाट बैठक सुरु हुने राष्ट्रियसभाका सदस्यसमेत रहेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

कांँग्रेसले चौथो केन्द्रीय कार्यसमिति बैठकका लागि तीन वटा एजेन्डा तय गरेको छ। मुख्य सचिव पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको तयारीसँगै निर्वाचन लक्षित ‘घर–घर जाऔं, कांँग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुनेछ।

यस्तै बैठकले स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन पनि गर्ने एजेन्डा तय गरिएको छ। मुख्य सचिव पौडेलले विविध शीर्षकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिए।

एक पदाधिकारीले केन्द्रीय कार्यसमिति बैठकले तल्लो तहसम्मै चुनावी तालमेलको निर्णय गर्ने जानकारी दिएका छन्। उनका अनुसार बैठकले गठबन्धनमा नरहेका दलसँग तालमेल गर्न नपाउने सर्तसहित चुनावी तालमेलको निर्णय गर्ने सम्भावना छ।

सर्तसहित चुनावी तालमेलका लागि निर्णय नगरिए गठबन्धनमा रहेका दलहरु एमालेसँग पनि मिल्न सक्नेमा कांँग्रेस सशंकित देखिन्छ। किन सर्त राखियो भन्ने प्रश्नमा ती नेताले भने, ‘निःसर्त छोडिदियो भने त एमालेसँग गठबन्धन गरिदिन्छन्।’

कांँग्रेसका अर्का एक पदाधिकारीले पनि आगामी केन्द्रीय कार्यसमिति बैठकबाट सत्ता गठबन्धनमा रहेका दलहरूका बीचमा चुनावी तालमेलका विषयमा निर्णय गरिने जानकारी दिए।

‘चुनावी गठबन्धनको निर्णय लिन्छौँ। कहाँ कसरी गर्ने भनेर केन्द्रले सम्बन्धित कार्यसमितिलाई नै निर्णयको जिम्मेवारी दिन्छौँ’, उनले भने।

- Advertisement -

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाका विश्वासपात्र एनपी साउदले पनि आगामी बैठकबाट चुनावी तालमेलका बारेमा सैद्धान्तिक निर्णय हुने बताए।

‘यही र त्यही भन्दा पनि आउँदो चुनावमा गठबन्धनकै प्रक्रियामा जाने भन्ने सैद्धान्तिक निर्णय बैठकले गर्छ,’ उनले भने।

संस्थापनइतर समूहले बुधबार मात्रै चुनावी तालमेल र चार तहमा गठन हुनुपर्ने संसदीय समितिका बारेमा समूहको धारणा राख्ने निर्णय गरेको छ।

सभापति देउवाले सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने नाममा पार्टीभित्रको एउटा समूहलाई किनारा लगाउने काम गरेको इतर समूहको बुझाइ छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img