19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

कांँग्रेस महोत्तरी जिल्ला सभापतिमा संस्थापन पक्षका यादव सर्वसम्मत

spot_img

काठमाडौ, नेपाली कांँग्रेसको महोत्तरी जिल्ला सभापति पदमा संस्थापन पक्षका नागेश्वर यादव सर्वसम्मत चुनिएका छन्।

शुक्रबार भएको निर्वाचनमा ३ उम्मेदवारमध्ये कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापति चयनका लागि दोस्रो चरण चुनाव गर्नुपर्ने भएको थियो।

तर,  प्रतिस्पर्धी सुशील यादवको समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि उनी सर्वसम्मत जिल्ला सभापति भएका हुन्।

पहिलो चरणको चुनावमा सभापतिका तीन उम्मेदवारमध्ये नागेश्वर यादवले सबैभन्दा बढी १ हजार ११, दोस्रोमा सुशील यादवले ७ सय ७९ र यसपछि बजरङ्ग नेपालीले ३ सय ६ मत प्राप्त गरेका थिए।

तर, कांँग्रेसको विधानबमोजिम सभापति पदमा विजयी हुन खसेको कूल मतको ५१ प्रतिशत कटाउनैपर्ने हुन्छ।

यति मत कसैको नआएपछि दोस्रो चरणको चुनावमा अघिल्लो निर्वाचनमा पहिलो र दोस्रो हुनेबीच प्रतिस्पर्धा गराइन्छ। यस क्रममा दोस्रा भएका उम्मेदवारले पहिलो भएका उम्मेदवारलाई समर्थन गरेपछि निर्वाचनबिनै सभापति चयन भएको हो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img