रौतहट– नेपाली कांँग्रेस रौतहटको सभापतिमा सुनिलकुमार यादव निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा निकट यादवले १३ सय ६२ मत ल्याएर जितेका हुन्।
सभापतिका अर्का प्रत्यासी हृदयनारायण राय यादवले १ हजार ६४ मत ल्याएका थिए। त्यसैगरी, जिल्ला उपसभापतिमा धीरेन्द्रकुमार सिंह र रामलोचनप्रसाद कलवार विजयी भएका छन्।
मंगलबार सम्पन्न मतगणनाअनुसार सचिवमा राजेशकुमार चौधरी र रामचन्द्र गिरी तथा सहसचिवमा फिरोज आलम र सिकेन्द्रप्रसाद पटेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।