Sarokar News

Best News Forever

१ नम्बर प्रदेश देश समाज राजनीति समाचार

कांँग्रेस विराटनगर महानगर कार्यसमितिले गर्यो तालमेल अस्वीकार

विराटनगर, नेपाली कांँग्रेस विराटनगर महानगर कार्यसमितिले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ।

विराटनगर महानगरमा जित्नका लागि कांँग्रेसलाई तालमेलको आवश्यकता नरहेको निष्कर्षसहित गठबन्धन नगर्ने निर्णयमा पुगेको हो।

तालमेलको विपक्षमा रहेका कांँग्रेस नेता शेखर कोइरालाको प्रभाव क्षेत्र रहेको उक्त महानगर समितिले एक्लै जित्ने भएकाले भाग दिन अस्वीकार गरेको हो।अन्य स्थानीय पालिकामा पनि कांँग्रेसले एक्लै चुनाव लड्ने तयारी गरिरहेको बताइएको छ।

गएको निर्वाचनमा कांँग्रेसले मेयरसहित आठ वडामा जित हासिल गरेको थियो। कांँग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेपछि सत्ता गठबन्धनका अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले अर्को गठबन्धन बनाउने तयारी गरेका छन्।

कांँग्रेसले अस्वीकार गर्दा तीन पार्टी गठबन्धन गरेर चुनावी मैदानमा होमिने भएका हुन्।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *