13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

कांँग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्र प्रसाद सिंह निर्वाचित

spot_img

सर्लाही, नेपाली कांँग्रेस सर्लाहीको १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्।

संस्थापन ईतरबाट उपसभापतिमा नवीन अधिकारी एकमात्र उम्मेद्वार निर्वाचित भएका छन्। यसबाहेक निर्वाचित हुने सबै पदाधिकारी संस्थापन पक्षका हुन्।

सभापतिमा विजयी सिंहले संस्थापन ईतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याए। ३ हजार २७५ मत मध्ये ३ हजार १७४ मत खसेकामा बदर बाहेक सिंहले १ हजार ७५८ मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र पाए।

त्यस्तै उपसभापतिमा संस्थापनकै डा. सरोजकुमार (राजु) १ हजार ७६४ र संस्थापन ईतरका नविन अधिकारी १ हजार ४९३ मतका साथ विजयी भए भने उपसभापतिमा पराजित संस्थापनका शेख सदुल्लाहले १ हजार ४७४ र ईतरका रवीनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गरे।

उपसभापति विजयी र पदाधिकारीमा सबैभन्दा बढी लोकप्रिय मत ल्याउने डा. सरोज निवर्तमान जिल्ला सभापति नागेन्द्रकुमार रायका छोरा हुन्।

त्यस्तै सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए। ईतरबाट सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाए।

त्यसैगरी सहसचिवमा संस्थापनकै ईन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मत सहित विजयी भएका छन्। इतरका सूर्यबहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्र १ हजार २३७ मत मात्र पाउँदा पराजित भए।

आइतबार राति नै जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंह सहित पदाधिकारीलाई बधाई दिए।

- Advertisement -

नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काख र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्धता जनाए।

 

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img