20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

कांँग्रेस सिन्धुपाल्चोक सभापतिका लागि आज पुनः मतदान हुँदै

spot_img

काठमाडौं– नेपाली कांँग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ।

शनिबार राति सम्पन्न मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि आइतबार पुनः मतदान हुन लागेको हो।

पहिलो चरणको मतदानमा कुल खसेको १८६७ मतमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याएनन्। पहिलो चरणमा सभापतिका प्रत्यासी जंगबहादुर तामाङले ७ सय ५९, वंशलाल तामाङले ६ सय २९ र प्रेमध्वज लामाले ४ सय ९३ मतमात्र प्राप्त गरे।

अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ। कांँग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img