काठमाडौ, आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
नगर समितिले मेयरका लागि नगर समिति सभापति नीलकाजी शाक्य, सचिव सुशासन वैद्यसहित वर्तमान नगर उपप्रमुख हरिप्रभा खड्गी, कांँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिजना सिंह तथा नेता प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको हो ।
महानगर समितिले उपप्रमुख पदमा सुशीला ढकाल र अम्बिका प्रधान शाक्यको नाम सिफारिस गरेको छ ।