काठमाडौं । काठमाडौंबाट फोहोर लिएर सिसडोल–बञ्चरेडाँडा गएका गाडी तोडफोड भएका छन् । स्थानीयलय फोहोर खन्याउन अवरोध गर्दै टिपर र डोजरमा तोडफोड गरेका हुन् । फोहोर बोकेका १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका तीनवटा डोजरमा तोडफोड भएको छ ।
स्थानीयको मागलाई वेवास्था गरेको तथा स्थानीय माथि हस्तक्षेप गरको भन्दै स्थानीयवासीले तोडफोड गरेका हुन । फोहोरको कारण जीवन नै जोखिममा परेको भन्दै स्थानीयवासीले भदौ १ गतेदेखि सो क्षेत्रमा फोहोर फाल्न नदिने बताउँदै आएका छन् ।