11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

काठमाडौंबाट बुद्ध एयरमा यात्रा गर्ने पहिलो २५०० यात्रुलाई पुस्तक उपहार

spot_img

काठमाडौं– अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सांग्रिला बुक्स र बुद्ध एयरको सहकार्यमा काठमाडौंबाट बुद्ध एयरमा यात्रा गर्ने पहिलो २५०० यात्रुलाई पुस्तक उपहार दिइएको छ।

सांग्रिला बुक्सले प्रकाशन गरेका १३ महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक विषयका आख्यान तथा गैरआख्यानका पुस्तक निस्शुल्क वितरण गरिएको हो।

पहिलो पुस्तक धनगढी हिँडेकी कृष्णा ओझाले पाएकी थिइन्। बुद्ध एयरसँगको यस सहकार्यबाट नारी श्रष्टाका कृतिहरुले व्यापकता पाउने र पठन संस्कृतिलाई पनि सघाउ पुग्ने विश्वास सांग्रिला बुक्सले लिएको छ।

यात्रुहरुले पुस्तक पाउँदा खुशी लागेको बताउँदै यस्तो प्रयासले नेपाली साहित्यमा टेवा पुग्ने प्रतिक्रिया दिए। नेपालमा यसअघि कहिल्यै यस्तो नदेखेको बताउँदै यात्रुहरुले पुस्तक अविष्मरणीय उपहार भएको जनाए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img