13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

काठमाडौंमा सम्पदामैत्री घर बनाउँदा ३२ लाखसम्म अनुदान

spot_img

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र सम्पदामैत्री घर बनाउनेलाई ८ लाखदेखि ३२ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ ।

यसअघि भक्तपुर नगरपालिका लगायत स्थानीय तहले कार्यान्वयनमा ल्याइसकेको यो व्यवस्था लागू गर्न काठमाडौं महानगरले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको महानगरपालिकाले जनाएको छ ।

गत साउन २० गते महानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको काठमाडौं महानगरपालिका सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि, २०७८ ले सम्पदामैत्री भवनलाई चार भागमा विभाजन गरी अनुदानको व्यवस्था गरेको छ ।

उक्त मापदण्ड अनुसार भवन बनाउन चाहनेहरुले महानगरपालिकामा अनुदानको लागि मागदाबी गर्न सक्ने व्यवस्था गरेको छ । तर अहिलेसम्म कसैले पनि अनुदान माग नगरेको महानगरपालिकाका प्रवक्ता ईश्‍वरमान डंगोलले बताए ।

कस्तो घर बनाउँदा कति अनुदान ?

परम्परागत घरलाई जस्ताको त्यस्तै राख्‍ने वा नयाँ घरमा पनि पुरानो मोहडा निकाल्ने गरी दुई किसिमको मापदण्ड तोकिएको छ ।

कुनैपनि मल्लकालीन वा राणाकालीन घर जस्तो अवस्थामा थियो त्यसैलाई रेट्रोफिटिङ वा मर्मत गरेर जस्ताको त्यस्तै संरक्षण गरिएको घरलाई क वर्गमा राखिएको छ ।

यस्तो घर संरक्षित स्मारक वा सम्पदा क्षेत्र, मिश्रित एवं पुरानो बस्ती वा त्यसबाहिर निर्माण गर्दा प्रतिवर्गफिट ४,००० को दरमा ३२ लाख रुपैयाँ नबढ्ने गरी अनुदान दिइने महानगरपालिकाको राजपत्रमा उल्लेख छ ।

- Advertisement -

त्यस्तै, जस्ताको त्यस्तै जीर्णोद्धार गर्न नसकिने घरलाई भत्काएर पुरानै शैली र सामग्रीमा पुनर्निर्माण गर्ने घरलाई थोरैमा १६ लाखदेखि बढीमा २० लाख रुपैयाँसम्म अनुदान दिइने छ ।

ख वर्गको घर यदि संरक्षित स्मारक वा सम्पदा क्षेत्रमा निर्माण भएको छ भने त्यो घरधनीलाई २० लाख रुपैयाँ र त्यसभन्दा बाहिर बनेको घरलाई १६ लाख रुपैयाँसम्म अनुदान दिने महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, पहिले आधुनिक शैलीमा बनिसकेको घरलाई अघिल्लो मोहडा पुरानो शैलीमा बनाएर स्वरुप परिवर्तन गरिने घरलाई ग वर्गमा राखिएको छ । यो वर्गको घरलाई १६ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म अनुदानको व्यवस्था गरिएको छ ।

जसअन्तर्गत संरक्षित स्मारक तथा सम्पदा क्षेत्रभित्र बनेका घरलाई १६ लाख रुपैयाँ, मिश्रित एवं पुरानो बस्ती रहेको क्षेत्रभित्र बनेका घरलाई १४ लाख रुपैयाँ र महानगरभित्रको अन्य ठाउँमा बनाउने घरलाई १२ लाख रुपैयाँसम्म अनुदान दिइने महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, नयाँ घर बनाउँदा नै मोहडा प्राचीन शैलीको बनाएर निर्माण गरिने घरलाई घ वर्गमा राखिएको छ । यो घर सम्पदा वा स्मारक क्षेत्रमा बनाउनेलाई १२ लाख रुपैयाँसम्म अनुदान दिइने छ ।

मिश्रित तथा पुरानो बस्तीभित्र घर बनाउँदा १० लाख र बाहिरी क्षेत्रमा घर बनाउँदा ८ लाख रुपैयाँसम्म अनुदान दिइने महानगरपालिकाले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।

यस्तो अनुदान नक्सा वा डिजाइन स्वीकृत भई अनुदानका लागि छनोट गरिएका भवनको निर्माण कार्य सम्पन्‍न भएको प्रतिशतको आधारमा समितिबाट फिल्ड निरीक्षण गरी सिफारिस पेश भएपछि पहिलो किस्तामा ५० प्रतिशत र अन्तिम किस्ता निर्माण सम्पन्‍न भएपछि समितिले फिल्ड निरीक्षण गरेर दिनेछ ।

सम्पदा संरक्षणको सवालमा सधैं आलोचित भइरहने काठमाडौं महानगरको यो नीतिले काठमाडौंको मौलिकता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सम्पदा संरक्षणमा खटिएका अभियान्ता एवं संरक्षणविदहरुले प्रशंसा गरेका छन् ।

संम्पदा संरक्षणविद रविन्द्र पुरी जनप्रतिनिधिहरुको अन्तिम वर्षमा काठमाडौं महानगरपालिकाले सराहनीय काम गरेको बताए ।

यसअघि नै अरु कतिपय नगरपालिकाले यसको अभ्यास गरिसकेको भएपनि मुलुककै जेठो नगरपालिकाले यसलाई आत्मसात गर्न सकेको थिएन,’ पुरी भन्छन्, ‘सम्पदा संरक्षणमा यो मापदण्ड र अनुदानको व्यवस्थाले महत्वपूर्ण भूमिका खेल्छ भन्‍ने विश्‍वास छ ।’

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img