18.5 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

काठमाडौं आइ पुगे चिनियाँ विदेशमन्त्री वाङ यी

spot_img

काठमाडौ, चिनियाँ स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन्।

परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, परराष्ट्रकै चीन महाशाखा प्रमुख लोकबहादुर थापा लगायत सरकारी अधिकारीले वाङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।

वाङ भारतको नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशमन्त्री एस जयशंकरसँग वार्ता गरेपछि विशेष विमानबाट २५ सदस्यीय टोलीसहित नेपाल आइपुगेका हुन्।

उनी निर्धारित समयभन्दा एक घण्टाअघि नै उनी काठमाडौं आइपुगेका हुन्। यसअघि उनी अपरान्ह ५ बजेर ५५ मिनेटमा काठमाडौं उत्रिने तालिका थियो।

उनलाई परराष्ट्रका अधिकारीहरुले जहाजबाट ओर्लिनेबित्तिकै त्रिभुवन विमानस्थलको टर्म्याकमै पुगेर स्वागत गरेका हुन्। उनी त्यहाँबाट सिधै बत्तिसपुतलीस्थित होटल द्वारिकाज गएका छन्।

उनले राजनीतिक भेटघाट शनिबारदेखि थाल्ने भएका छन्। वाङले राष्ट्रपति, प्रधानमन्त्री, समकक्षीसहितका उच्च नेपाली अधिकारीहरुलाई भेट्ने तालिका छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img