काठमाडौं– नेपाली कांँग्रेस काठमाडौं महानगर समितिले गठबन्धन नगर्ने निष्कर्ष निकालेको छ।
काठमाडौंमा आइतबार भएको नगर समितिको बैठकले ३२ वटा वडाका साथै मेयर र उपमेयरमा कांँग्रेस एक्लैले चुनाव जित्ने निष्कर्ष निकालेको हो।
रुखबाहेक अन्त भोट हाल्न कांँग्रेस कार्यकर्ताले अस्वीकार गरेकाले गठबन्धन नगर्ने आफ्नो निष्कर्ष माथिल्लो समितिमा पठाउने तयारी गरिएको महानगर समिति सचिव सुशन वैद्यले बताए।
हाम्रो समितिमा ३२ वडाकै साथीहरु हुनुहुन्छ। उहाँहरुको सवै साझा धारणा गठबन्धन नगरी चुनाज जित्न सकिन्छ भन्ने रह्यो। रुख बाहेक अन्य चिह्नमा भोट हाल्न बाध्य नपारियोस् भन्नुभएको छ, वैद्यले भने।
बैठकमा ३४ जनाले आफ्ना धारणा राखेका थिए। सवैले गठबन्धनको विपक्षमा आफ्नो मत प्रकट गरेका छन्। बैठकले आकांक्षीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी भने पदाधिकारीलाई दिएको छ।