14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

काठमाडौको वसन्तपुरमा यस्तो देखियो होली ‘हंगामा (फोटो फिचर)

spot_img

काठमाडौं, फागु पूर्णिमा अर्थात् होली खेल्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको छ । राजधानीका विभिन्न ठाउँबाट होली खेल्न वसन्तपुर पुग्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको हो ।

ट्राफिक प्रहरीले सवारी साधनलाई न्युरोड गेटबाट रत्नपार्कतर्फ पठाएको छ । पैदल यात्रुको भीडभाड न्युरोड गेटदेखि वसन्तपुर दरबार क्षेत्रसम्मै छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण दुई वर्ष होली खेल्न नपाएका नेपालीले यो वर्ष उत्साहका साथ होली खेलेका हुन् ।

होलीलाई हिन्दूको रङ्गको चाड फागु पर्वसमेत भनिन्छ । राजधानीलगायत पहाडी जिल्लामा बिहीबार उल्लासका साथ होली मनाइएको हो ।

वसन्तपुर दरबार क्षेत्रमा चिर रथारोहण भएपछि यस पर्वको सुरुवात हुन्छ । होलीका दिन वसन्तपुर क्षेत्रमा नेपालीसँगै विदेशी पर्यटकले पनि विभिन्न रङ्ग दलेर यो पर्व मनाउने गरेका छन् । एक आपसका मुखमा रङ्ग दलेर होली पर्व मनाइन्छ ।

- Advertisement -

 

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img