13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

कारोबारको तेस्रो दिन १७.१५ अंकले घट्यो सेयर बजार

spot_img

काठमाडौं– साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ। सोमबार प्राविधिक समस्याका कारण बीचमै कारोबार रोकिएको सेयर बजारमा मंगलबार भने गिरावट आएको हो।

मंगलबार सेयर बजार परिसूचक (नेप्से) १७.१५ अंकले घटेर २६९५.९७ बिन्दूमा झरेको छ। साताको पहिलो कारोबार दिन आइतबार भने बजार १०१.०७ अंकले बढेर २ हजार ६६७.९७ बिन्दूमा पुगेको थियो।

मंगलबार समग्रमा ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।

आज कारोबारमा आएका १३ समूहमध्ये ४ समूहको सूचक बढेको छ। बाँकी समूहको सूचक घटेको नेप्सेले जानकारी दिएको छ।

आज सबैभदा धेरै होटल तथा पर्यटन क्षेत्रको सूचक बढेको छ। यस समूहको सूचक आज ३.१६ प्रतिशतले बढेको हो।

यसैगरी आज सबैभन्दा धेरै उत्पादन तथा प्रसोधन क्षेत्र समूहका लगानीकर्ताले गुमाएका छन्। यस समूहको सूचक आज १.६२ प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ।

यसैगरी आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको सेयरमूल्य बढेको छ। यस कम्पनीको सेयर मूल्य आज सर्किट लेभल (९.९८) प्रतिशतले बढेको छ।

यसैगरी आज सबैभन्दा धेरै गुमाउने कम्पनी नेपाल दुरसञ्चार कम्पनी रहेको छ। यस कम्पनीको सेयर मूल्य आज ५.१३ प्रतिशतले ओरालो लागेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img