Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश राजनीति समाचार

कार्यकर्ताको भावनाविपरीत काँग्रेस जाँदैन : महामन्त्री थापा

भरतपुर,  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कार्यकर्ताको भावनाविपरीत कुनै पनि दलसँग चुनावी एकता नहुने स्पष्ट पारेका छन् ।

आगामी चुनावमा चुनावी एकता भए नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनको भरतपुर महानगरपालिकामा काँग्रेसले माओवादी उम्मेदवारलाई सहयोग गर्ने भन्ने चर्चा चलिरहेकै बेला शुक्रबार चितवनमै आयोजित एक कार्यक्रममा महामन्त्री थापाले काँग्रेसका मतदाताका लागि रुखमा भोट हाल्ने वातवरण बनाउने विश्वास दिलाए ।

भरतपुरमा काँग्रेसको क्रियाशील कार्यकर्ता अट्ठाइस हजार हो । चुनावमा अरू दलसँग एकता गर्दैगर्दा यही क्रियाशीलले त भोट हाल्दिन भन्छ भने बाँकी रहेको चालिस हजार काँग्रेस समर्थकले हँसिया हतौडामा भोट हाल्नुपर्छ भन्दा हाल्दिन भन्छ ।

त्योभन्दा अझै पर मतदाताको बीचमा पुगियो भने अझै ठूलो स्वरमा हाल्दिन भन्छन्, महामन्त्री थापाले स्पष्ट रूपमा भने , भरतपुरमा काँग्रेससँग एक लाख भोटको तागत छ र त्यो एक लाख रुखसँग जोडिएको तागत हो।’

अघिल्लो निर्वाचनमा समेत भरतपुर महानगर र चितवन क्षेत्र नम्बर तीनमा माओवादीलाई भोट हालेका काँग्रेसका मतदातालाई यो निर्वाचनमा रुख चिह्नमा मतदान गर्न पाउनुपर्ने आमपार्टीका कायकर्ताको चाहनाविपरीत गएर पार्टी नेतृत्वले निर्णय नगर्ने विश्वास उनले दिलाए ।

पार्टी कार्यकर्ताको चाहनाविपरीत गर्नु पनि हुँदैन, रुख चिह्नमा मतदान गर्ने चाहनाको सम्मान हामीले गर्नुपर्छ, उनको भनाइ थियो । उनले निर्धारित मितिमै निर्वाचन हुने बताउँदै कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए ।

ओली नेतृत्वको सरकार सबैभन्दा अनुकूलको सरकार भएको उल्लेख गर्दै उहाँले यति अनुकूल सरकारले पनि केही गर्न नसकेको आरोप लगाए ।

कम्युनिस्ट सरकारले देशलाई दुर्घटनातर्फ उन्मुख गराएको महामन्त्री थापाको भनाइ छ । चुनावमा जनताका माझमा जाँदै गर्दा काँग्रेसले कम्युनिस्ट सरकारको विफलतालाई आफ्नो स्पष्ट सन्देश लिएर अगाडि अदालत, संसद् र प्रदेशमा भएको समस्या कम्युनिस्ट पार्टीको विघटनका कारणले भएको उनको दावी छ ।

नेपालमा अहिले देखिएका जटिलता कम्युनिस्ट पार्टीका असफलताका कारण उत्पन्न भएका हुने, उनले भने ।

काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा अबको निर्वाचनमा पनि रुखमा भोट हाल्न नपाए चितवन काँग्रेसले विद्रोह गर्ने चेतावनी दिए ।

काँग्रेसका नवनिर्वाचित जिल्ला सभापति एवं अन्य पदाधिकारीको पदस्थापनका अवसरमा आयोजित सो कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अब्दुल सतार, बागमती प्रदेश सरकारका उद्योग तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठलगायतले बोलेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *