19.1 C
Nepal
Wednesday, September 27, 2023
spot_img
spot_img

कास्की कांँग्रेस कार्यालयमा कार्यकर्ताले गरे तालाबन्दी

spot_img

पोखरा- सत्तारूढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांँग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ।

केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांँग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो। महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दीको निर्णय गरेका हुन्।

जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको उनले बताएका छन् ।

प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रश्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको विज्ञप्तिमा उल्लेख छ। ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं ।

यस्ता निर्णयले कांँग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ,’ विज्ञप्तिमा भनिएको छ। सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img