काठमाडौं– नेकपा एमालेले भोलि मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
एमालेले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी पनि गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो।
त्यसका लागि आवश्यक अजेन्डाहरु केन्द्रीय सचिवालयको बैठक बोलाइएको रिजालले बताए। रिजालले एमालेको सिंगो पंक्तिलाई निर्वाचन केन्द्रित गराउने काममा लागि पोलिटब्यूरो बैठक पनि छिट्टै बोलाउने विषयमा समेत कार्यालय बैठकमा छलफल गरिएको बताए।
एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ। सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तय गरेको छ।