काठमाडौ, कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुला गरिएको छ।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुल्ला गरेको हो।
कोरिया सरकार र नेपाल सरकार बीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउने उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुला गरेको हो ।